दलित परिवारका लागि सुरक्षित आवास

बिहिबार, ९ जेठ, २०८२
डिजिटल संस्करण

शुक्लाफाँटा नगरपालिका- १० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुने भएको छ ।

‘पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटा जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु किराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन,’ उनले भने ।

आर्थिक अभावमा पक्की घरमा बस्ने सपना नदेखेका उनलाई अब भने नगरपालिकाले आफूहरूका निम्ति सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको उनले बताए ।

सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ । ६ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेका वडाध्यक्ष लालबहादुर ऐरले बताए । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ ।

सुझावित समाचार