हैदरावादसँगको हारसँगै प्ले अफ दौडबाट बाहिरियो लखनउ

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग २०२५ को प्ले अफ प्रतिस्पर्धाबाट लखनउ सुपर जाइन्ट्स बाहिरिएको छ। सोमबारको खेलमा सनराइजर्स हैदरावादसँग पराजित भएसँगै लखनउ बाहिरिएको हो। 

हैदरावादले लखनउलाई ६ विकेटले पराजित गरेको हो। 

पहिले ब्याटिङ गरेको लखनउले हैदरावादलाई २०६ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य हैदरावादले १० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गर्यो । 

यो सिजनको आइपिएलमा गुजरात, बेंग्लोर र पञ्जाबले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। लखनउ बाहिरिएसँगै बाँकी एक स्थानका लागि अब मुम्बई र दिल्लीबिच प्रतिस्पर्धा छ । समान १२ खेलमा मुम्बई एक अकंले अगाडि रहेकाले उसको सम्भावना बढेको छ। मुम्बई १४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ भने दिल्ली १३ अंकसहित पाँचौँ स्थानमा छ। दुवै टिमका लिग चरणमा दुई खेल बाँकी छन्। 

यसअघि चेन्नई, राजस्थान, हैदरावाद र कोलकाता प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्। 

सुझावित समाचार