सुनील पौडेलविरुद्ध अख्तियारको अर्काे मुद्दा, पाँच करोड ७९ लाख बिगो

सोमबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा कम्प्युटरलगायत सामग्री खरिदमा पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । 

पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर ओली र म्याक्स इन्टरनेसनलका सिइओ अकवर हुसेनविरुद्ध मुद्दा दायर भएको हो । हुसेनको कम्पनीसँग मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन बनाएर मिलेमतोमा ठेक्का लगाई हिनामिना गरिएको आयोगले जनाएको छ । 

पौडेलविरुद्ध यसअघि पनि आयोगले विभिन्न मुद्दा दायर गरेकोमा हाल उनी कारागारमा छन्। 
 

सुझावित समाचार