ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका– २, सानेपा बल्खु पुलनजिक को.१ ख ७४३७ नम्बरको ट्रकले बा.४८प ४५८० नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलचालक काठमाडौं कलंकी बाफल बस्ने रामेछाप घर भएका १८ वर्षीय राजन रानामगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

सुझावित समाचार