लोक सेवामा ब्राह्मण, ठकुरी, क्षेत्रीलाई पनि आरक्षणको माग गर्दै तीन सातादेखि अनशन

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण
लोक सेवामा ब्राह्मण, ठकुरी, क्षेत्रीलाई पनि आरक्षणको माग गर्दै तीन सातादेखि अनशन

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर मदनचोकमा धर्नामा रहेका सामाजिक अभियन्ता राजुसिंह खड्का ।

कञ्चनपुरका सामाजिक अभियन्ता राजुसिंह खड्का ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवालाई समेत लोक सेवामा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। 

अभियन्ता खड्काले लोक सेवा आयोगले आर्थिक रूपमा विपन्न समुदायका ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवाहरूलाई समेत आरक्षण दिनुपर्ने भन्दै अनशन सुरु गरेका हुन्।

तीन सातादेखि अभियन्ता खड्का भीमदत्त नगरपालिका–४ महेन्द्रनगर मदनचोकमा अनशनमा बसेका छन्। लोक सेवाले अब आरक्षणमा गैरदलित समुदायका युवाहरूलाई समेत समावेश गर्नुपर्ने उनले बताए। राज्यले अब दलित, आदिवासी, जनजाति, महिला, पिछडिएको क्षेत्रलाई आरक्षणमा कोटा दिएजस्तै आर्थिक रूपमा विपन्न ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवालाई समेत आरक्षण दिनुपर्ने उनको भनाइ छ।

‘राज्यले सीमित समुदायलाई मात्रै आरक्षण दिँदा समाजमा झन् विभेद हुन्छ,’ उनले भने, ‘आरक्षण जात, जातीय, लिंगको आधारमा भन्दा पनि समानता, आर्थिक विपन्नताका आधारमा पनि दिनुपर्छ, तब मात्रै समाज समावेशी हुन्छ।’ उनले राज्यले सीमित जात, समुदायलाई मात्रै आरक्षण दिएर समाजमा विभेद फैलाइरहेको टिप्पणी गरेका छन्। आफूले अघि सारेका मुद्दामा सम्बन्धित पक्षले चासोसमेत नदिएको दुःखेसो पोखे । साथै, खड्काले जंकफुट दुर्व्यसनी रोकथाममा जोड दिएका छन्।

सुझावित समाचार