विद्युत् अवरोधको समस्या रोकिएन, मोबाइलको फ्ल्यास बालेर सिंहदरबारमा बैठक

शुक्रबार, ३ जेठ, २०८२
डिजिटल संस्करण
विद्युत् अवरोधको समस्या रोकिएन, मोबाइलको फ्ल्यास बालेर सिंहदरबारमा बैठक

बत्ती गएपछि मोबाइलको फ्लास बालेर सिंहदरबारमा बसेको शिक्षा समितिको बैठक

शुक्रबार पनि बिहीबारजस्तै देशैभरि विद्युत् आपूर्तिमा समस्या  जारी छ । झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सर्वसाधारण हैरान भएका छन् ।  

शुक्रबार पनि सर्वसाधारणले पटक–पटक यस्तो समस्या झेलेका छन् । भारतबाट नेपालमा भइरहेको बिजुली आयातमा समस्या आउँदा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणमा नेतृत्व फेरिएसँगै यस्तो समस्या बढेको आरोप लागेको छ । सरकारले दुई महिनाअघि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरी बत्ती जाने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । 

सुझावित समाचार