तोलामा तीन हजार पाँच सयले घट्यो सुन

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा  तीन हजार पाँच सयले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु. ३५ ले गिरावट भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ८१ हजार आठ सय कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु. एक लाख ८५ हजार तीन सय  र त्यति नै परिमाणको चाँदी  एक हजार ९६० मा खरिद–बिक्री भएको थियो । 

 अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

See More On

सुझावित समाचार