सेती नदी–६ को डिपिआर बनाउन एक वर्ष थप म्याद

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन 

लगानी बोर्डले भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी)लाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन गर्न एक वर्ष समय थप गरिदिएको छ । 

बुधबार बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले एनएचपिसीलाई एक वर्ष समय दिने निर्णय गरेको हो । ‘सेती नदी–६ अर्धजलाशययुक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा वातावरणीय अध्ययनसमेतको सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्षका लागि थप गर्ने निर्णय भयो,’ बैठकपछि बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले ८०० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजनाको डिपिआर समयमै अर्थात् गत असारमै बुझाएको थियो । तर, यो परियोजनामा भने थप एक वर्ष समय थप गरिएको छ । कम्पनीले मार्च ०२३ मा परियोजनाको सर्भे लाइसेन्स पाएको थियो । त्यसको दुई वर्षमा अर्थात् गत मार्चमै कम्पनीले डिपिआर र वातावरण अध्ययन प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, त्यो मितिमा कम्पनीले डिपिआर बुझाउन सकेन । यस्तै, वैशाख ०८१ मा सम्पन्न लगानी सम्मेलनका दौरान लगानी बोर्डबाट स्वीकृत परियोजनाको प्राथमिकताक्रम तोकी परियोजना सूची अद्यावधिक गर्ने निर्णय भएको छ । 

सुझावित समाचार