काठमाडौंको मखनगल्लीमा आगलागी हुँदा एकजनाको मृत्यु

बुधबार, १ जेठ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानरपालिका– २४ स्थित मखनगल्लीमा दयाराम श्रेष्ठको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । दयारामको चारतले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

दयारामको घरमा लागेको आगोनजिकै रहेको रुकेश श्रेष्ठको पाँच तलतले  पक्की घरमा आगलागी भइरहेको छ । उक्त  स्थानमा  अहिले प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दको  कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली  खटिएको प्रहरीको भनाइ छ ।

सोही ठाउँमा  जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका एक, रामहिटी एक र  बालाजु औद्योगिक क्षेत्रकाे  एक गरी  जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । तर, हालसम्म पनि आगो नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।  एसपी अपिलराज बोहराका अनुसार एकजनाको शव भेटिएको छ । 

See More On

सुझावित समाचार