बौद्धनाथमा भक्तजनको भिड [भिडियाे]

सोमबार, २९ बैशाख, २०८२
डिजिटल संस्करण

आज २५६९औँ बुद्धजयन्ती। बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रहिआएको छ। बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्य रूपमा मनाउने गरिन्छ।

काठमाडौंको बौद्धनाथ स्तुपामा बिहानैदेखि बौद्धमार्गीलगायत अन्य सर्वसाधारणको घुइँचो लागेको छ।

हेर्नुस् भिडियाे :

सुझावित समाचार