मोटरसाइकलको ठक्करबाट घाइते साउदको मृत्यु

सोमबार, २९ बैशाख, २०८२
डिजिटल संस्करण

कैलालीको अत्तरियामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका– ४ घर भएकी ३० वर्षीया हरु साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गत २३ वैशाखमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन् । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्ना दुई छोरालाई पढाउनका लागि भनेर उनी बैतडीबाट अत्तरिया आएकी बताइएको छ ।  
 

सुझावित समाचार