पुटिन र जेलेक्सीबिच टर्कीमा वार्ताको तयारी

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

रसिया र युक्रेनले युद्ध रोक्नका लागि संवाद अघि बढाएका छन्। आगामी १५ म (१ जेठ)मा रसियन राष्ट्रपति भ्यालादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीबिच वार्ताको तयारी भइरहेको छ। 

रसियाका राष्ट्रपति पुटिन आफैंले वार्ताका लागि सक्रियता देखाएकाले यसले युद्ध रोकिने आशा गरिएको छ । यद्यपी सो वार्ताका लागि जेलेस्की पूर्णरुपमा तयार भइसकेका छैनन्। सर्त राखेर मात्र वार्तामा जाने उनको भनाई छ । 

हाल रसियाले युक्रेनको ठूलो भूभाग कब्जा गरेको छ । त्यो भूभागबाट रसियन सेना हटेमात्र वार्ताको टेबुलमा बस्नुपर्ने युक्रेनका सैनिक अधिकारीले दबाब दिएका छन्।  
उता,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी पनि १५ मेको वार्तामा बस्न जेलेस्कीलाई दबाब दिएका छन्। 
 

सुझावित समाचार