आर्चर पन्तको ‘महसुस गर्नु छ’ सार्वजनिक

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

थिएटरबाट अभिनय यात्रा सुरु गरेका कलाकार तथा मोडल आर्चर पन्तको अभिनय रहेको ‘महसुस गर्नु छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ। बोम खत्रीको सम्पादन र निर्देशनमा तयार भएको गीतमा पन्तसँगै पूजा मोक्तानको अभिनय रहेको छ।

रवि सुनार र पिटु गहतराजको आवाज रहेको गीतको भिडियो ‘द डाँफेस’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो ‘द डाँफेस फिल्म कम्पनी’ले निर्माण  गरेको हो। भिडियो छायांकन विवेक विकले गरेका हुन् भने गीतको शब्द निर्मल तिमिल्सिनाले लेखेका हुन्।

मार्सल आर्टसँगै नृत्यका पारखी मोडल पन्तले यसअघि रंगमन्चमा ‘आकाशको बाटो’, ‘अन्तिम पत्र’, ‘सहिद बोल्छन्’ लगायतका नाटकहरूमा अभिनय गरिसकेका छन्। उनले ‘समर विथ लिली’, ‘के घर के डेरा २’जस्ता ठुलो पर्दामार्फत पनि आफ्नो अभिनय कला देखाइसकेका छन्।

सुझावित समाचार