सरकारले ०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस् : रेखा शर्मा

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले ०४७ सालयताका राजनीतिक नेताहरूको सम्पत्ति शुद्धीकरणअन्तर्गत छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

शुक्रबार संसदमा बोल्दै शर्माले नीति तथा कार्यक्रमको पहिलो बुँदामै शासन व्यवस्थालाई सुदृढ गर्ने र यसका विरुद्ध प्रतिवाद गर्ने कुरा ठीक भए पनि प्रतिवाद कसरी गर्ने ? सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् ।

उनले प्रश्न गर्दै भनेकी छिन्, ‘सरकार यो विषयमा गम्भीर बन्नुपर्छ कि पर्दैन, यो प्रश्न अरूतिर मात्र खोज्ने कि आफूभित्र पनि खोज्ने ?’ उनले भ्रष्टाचारका विरुद्ध खोलिएका फाइलहरू बन्द भएको आरोप लगाइन् । 

सुझावित समाचार