नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न  आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। राष्ट्रपतिले ०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

नीति तथा कार्यक्रम २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची छ। सोही दिन संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 
 

सुझावित समाचार