भारत–पाकिस्तान द्वन्द्व बढेपछि आइपिएल स्थगित

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

भारत र पाकिस्तानबिच बढेको द्वन्द्वपछि इन्डियन प्रिमियर लिग (आएपिएल) स्थगित गरिएको छ। भारतीय क्रिकेट बोर्डले शुक्रबार अनिश्चितकालका लागि आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। 

बिहीबार राति पाकिस्तानले भारतको जम्मु–कस्मिर क्षेत्रमा हवाई हमला गरेपछि दुई देशबिच युद्धको अवस्था सिर्जना भएको थियो। आइपिएलका खेलमा पनि घुसपैठ हुन सक्ने भएकाले तत्कालका लागि स्थगित गरिएको छ । 

बिहीबार बेलुका भएको दिल्ली र पन्जाबबिचको खेल पनि बिचमै रद्द गरिएको थियो। 

सुझावित समाचार