आजदेखि ‘फारवेस्टर्न टुरिजम मार्ट’

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव (फारवेस्टर्न टुरिजम मार्ट) हुँदैछ । सुदूरपश्चिमसहित नेपालका पर्यटकीय स्थल प्रर्वद्धनका लागि फारवेस्टर्न टुरिजम मार्ट हुन लागेको हो ।

नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव हुन लागेको आयोजकले जनाएको छ । उक्त मार्टमा सुदूरपश्चिम प्रदेशसहित नेपालका विभिन्न पर्यटकीय गन्तव्यबारे भारतका पर्यटन व्यवसायीहरूलाई जानकारी गराइनेछ । 

सुझावित समाचार