तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

बागलुङ नगरपालिका– ४,  श्रीनटोलमा  तीनतला माथिबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४:४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।  
 

See More On

सुझावित समाचार