स्रोत नखुलेको १४ लाखसहित तनहुँबाट दुईजना पक्राउ

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

तनहुँको आँबुखैरेनी गाउँपालिका– ४ बेनीटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोरखाकाे सहिद लखन गाउँपालिका– ८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४०प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई अवैध रकमसहित फेला पारी पक्राउ गरेको हो।
 

सुझावित समाचार