दुई पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पत्रकारलाई प्रदान गरिएको  छ ।  कान्तिपुर दैनिकका मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।  खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्याएको योगदानस्वरूप पत्रकारद्वयलाई पुरस्कृत गरिएको फाउन्डेसनले जनाएको हो ।  प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र फाउन्डेसनका अध्यक्ष जेनी पाठकले पत्रकारद्वय दाहाललाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।  

सुझावित समाचार