सुन तोलामा सात सयले घट्यो

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले  घटेको छ । मंगलबार प्रतितोला  एक लाख ८८ हजार ८ सयमा कारोबार भएको पहेँलो धातु  एक लाख ८८ हजार एक सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 चाँदीको मूल्य प्रतितोला  पाँचले घटेर एक हजार नौ सय ६५ कायम भएको छ । मंगलबार पनि सोही परिमाणको चाँदी  एक हजार नौ सय ७० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

See More On

सुझावित समाचार