सुनको मूल्य पाँच सयले बढ्यो

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. पाँच सयले बढेको छ। सोमबार प्रतितोला रु.  एक लाख ८८ हजार तीन सयमा खरिद–बिक्री भएको सुनको मूल्य आज रु. पाँच सयले बढेर रु.  एक लाख ८८ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 चाँदीको मूल्य प्रतितोला रु. एक हजार ९७० कायम भएको छ। सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन रु. तीन हजार ३१० अमेरिकी डलरहाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

See More On

सुझावित समाचार