हिमालयन बैंकको बत्तिसपुतली शाखा स्थानान्तरण

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

हिमालयन बैंकको शाखा स्थानान्तरण भएको छ । बैंकको बत्तिसपुतली शाखा साबिकको स्थानबाट बत्तिसपुतली– ९ स्थित नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा सरेको हो ।

बैंकले आइतबारदेखि बत्तिसपुतली शाखाकै नामबाट नयाँ ठाउँबाट सबै बैँकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरेका हुन् । 

हाल बैंकले देशभरका एक सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, दुई सय ८४ एटिएमबाट बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

सुझावित समाचार