चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको विगत १० वर्षदेखि सरसफाइ गरिँदै आएको छ। अभियन्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्य रूपमा प्लास्टिकजन्य वस्तु संकलन गर्दै आएका हुन् ।
राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार विसं २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिबार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीस्थित गोलाघाटसम्म सरसफाइ गरिँदै आएको छ ।
नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताउनुभयो । स्थानीय जनतालाई सहभागी गराएर ५० देखि १०० जनासम्म प्रत्येक हप्ता सहभागी हुने गरेका छन् । ५० जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उनले जानकारी दिए ।
हालसम्म ५०० पटक २२ हजार स्वयंसेवकले सरसफाइ अभियानमा सहभागी भइसकेका छन् । नदीको विभिन्न ठाउँमा पुगेर सोही ठाउँका स्थानीयवासी, जनप्रतिनिधिलाई सहभागी गराएर सरसफाइ गरिँदै आएको घिमिरेले बताए।
हालसम्म अभियानमा वनमन्त्री, पर्यटनमन्त्री, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधि सहभागी भएका छन्। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना पनि अभियानमा सहभागी हुने गरेका छन् ।
दिवस परेका वेला दाताहरूसँग ग्लोब्स, डस्बिन, कुचो, बोरा, डोको, मास्क जुटाउने गरिएको भए पनि अन्य समयमा आफैँ सरसफाइ सामग्री लिएर अभियान सञ्चालन गर्दै आएको उनले बताए । नदी र आसपासका क्षेत्रमा छरिएका प्लास्टिक वन्यजन्तुले घाँससँगै खाने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ भने जालजस्ता वस्तुमा परेर कतिपय वन्यजन्तु र जलचर मर्नेसमेत गरेका छन् । अभियानका क्रममा प्लास्टिक संकलन र व्यवस्थापनसँगै स्थानीयलाई संरक्षण शिक्षा दिइँदै आइएको छ ।
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
कांग्रेसको १५औँ महाधिवेशनस : सबैभन्दा बढी चासोमा महामन्त्रीको प्रतिस्पर्धा
कांग्रेसमा सभापतिसहित १८ पदाधिकारीका लागि ७१ जना चुनावी मैदानमा छन् । सभापतिको प्रतिस्पर्धा खासै चर्चामा छैन । सभापतिका लागि …
कांग्रेसको विरासत बोकेको परिवार १५औँ महाधिवेशनमा बाहिरै
कांग्रेसको राजनीतिक विरासत बोकेको परिवार १५औँ महाधिवेशनमा बाहिरै छ । कांग्रेस निर्माणमा बिपी कोइराला, गणेशमान सिंह, महेन्द्र…
युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य
काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सिप र सिर्जनशीलतालाई उपयोग गर्दै नवप्रवर्तन तथा उद्यमशीलताको विकासक…
स्कुलबस दुर्घटनामा परी पाँचजनाको मृत्यु, १४ विद्यार्थी घाइते
कास्की । स्कुलबस दुर्घटनामा परी शुक्रबार पोखरामा पाँचजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका– २८ स्थित माझठानाबाट विद्या…
अमेरिकाले ‘डिपोर्ट’ गर्न थालेपछि फेरि बल्झियो भुटानी शरणार्थी समस्या
दिगो समाधानका लागि पहल गरिदिन नेपाललाई भुटानी शरणार्थीको आग्रह
मंसिर पहिलो साता एमालेको राष्ट्रिय भेला
४ पुसमा पालिका अधिवेशनको मिति तय