होटेल सारथिको आइपिओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

होटेल सारथिले आइपिओ निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासन तथा बिक्रीका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा होटेलका कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

होटेलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता आइपिओ जारी गर्नेछ । आइपिओ जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष ०८२/८३ भित्र आइपिओ आउने र यसमा लगानीकर्ताले लगानीको अवसर पाउने बताइएको छ । ०७२ सालमा स्थापित होटेल सारथि लक्जरी होटेल हो । हाल होटेलमा प्रेसिडेन्सियल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरी ८० वटा कोठा सञ्चालनमा छन् । सारथि समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउन्डेसन, सारथि भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् । 

See More On

सुझावित समाचार