गीतकार सुभाषचन्द्र ढुंगेल सम्मानित

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

गीतकार सुभाषचन्द्र ढुंगेल सम्मानित भएका छन् । नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको समापन समारोहमा सोमबार उनी सम्मानित भएका हुन् ।

‘चोट के हो व्यथा के हो,’ ‘जति चोट दिन्छ्यौ देऊ मायालु,’ ‘फूल झरे पनि काँडा झर्दैन’ लगायत दर्जनौं गीतका सर्जक गीतकार ढुंगेललाई औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नगद र कदर पत्रसहित सम्म्मान गरेको हो ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले ढुंगेल नगर र जिल्लाको मात्र नभई देशकै गहना भएको बताए । उनले सम्मानको संस्कृतिलाई निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

२८ चैतदेखि भक्तपुरको सल्लाघारीमा भएको महोत्सवमा तीन लाखभन्दा बढी मानिसले अवलोकन गरेका र दुई करोडभन्दा बढीको कारोबार भएको महोत्सव संयोजक दीपक थापाले बताए ।
 

सुझावित समाचार