रुपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

रुपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक– २ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन्।

बेपत्ता बालकहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजी गरिरहेकाे प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

सुझावित समाचार