निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी

शनिबार, ६ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयले आग्रह गरेको छ। निषेधित क्षेत्र तोडेमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयको चेतावनी छ। 

शनिबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रालयले कानुनको उल्लंघन गर्न प्रोत्साहित गर्नेलाई समेत कारबाही गरिने जनाएको छ। 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बबरमहलको निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिने बताएपछि मन्त्रालयले विज्ञप्ति निकालेको हो। 

सुझावित समाचार