अमेरिकाबाट निष्कासित तीन नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइयो

शनिबार, ६ बैशाख, २०८२
डिजिटल संस्करण
अमेरिकाबाट निष्कासित तीन नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइयो

फाइल तस्बिर

अमेरिकाबाट निष्कासित तीन नेपालीलाई चार्टड विमानमार्फत काठमाडौं ल्याइएको छ। अमेरिकाको टेक्सासमा अवैध रूपमा बस्दै आएका युवकलाई शनिबार काठमाडौं छाडिएको हो। 

पर्वत, दाङ र रुकुम पश्चिमका युवाहरूलाई यसरी नेपाल ल्याइएको हो। सो विमानमा सातजना रहेकोमा चार बंगलादेशीलाई ढाकामा छाडेर तीन नेपालीलाई काठमाडौं ल्याई छाडिएको विमानस्थल स्रोत बताउँछ। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइएको विमानस्थलस्थित अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए। 

यसअघि गत २१ फागुनमा चार्टर्ड विमानमार्फत ८ नेपालीलाई काठमाडौं ल्याइएको थियो। 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सुरु गरेयता अवैध रूपमा बस्दै आएका आप्रवासीविरुद्ध कारबाहीलाई तीव्र बनाइएको छ। 

सुझावित समाचार