सरकारसँग अझै मिलेन कुरा, शिक्षक निरन्तर सडकमा (तस्बिरहरू)

शनिबार, ६ बैशाख, २०८२
डिजिटल संस्करण

शिक्षकहरूले (आज) शनिबार पनि आन्दोलन जारी राखेका छन्। विगत १८ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग शिक्षक महासंघका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

यद्यपि, उनीहरू तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन्। त्यसैले, उनीहरूले आन्दोलनलाई आज पनि जारी राखेका हुन्।

तस्बिरहरू:

सुझावित समाचार