नेपाल प्रहरीका ६ डिआइजी एआइजी बढुवामा सिफारिस

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका ६ डिआइजीको एआइजी बढुवामा सिफारिस भएको छ। 

डिआइजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीको बढुवा सिफारिस भएको हो। वरिष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस भएको छ। राष्ट्रिय अनुसन्धान विभागको टोली पनि बढुवा हुने प्रयास गरे पनि असफल भएको छ।

उनीहरूमध्ये चन्द्रकुवेर, लालमणि र कृष्णहरि सिनियर टोलीका हुन्। उनीहरूमध्ये चन्द्रकुवेर अहिलेका प्रहरी महानिरीक्षक दीपक थापाले आगामी १९ भदौमा अवकाश पाएपछि दुई महिनाका लागि आइजिपी बन्ने सम्भावना छ। त्यसपछि दानबहादुर, राजन र मनोजमध्ये एकजना साढे दुई वर्षका लागि महानिरीक्षक बन्नेछन्। 

लालमणि र कृष्णहरिले पहिले नै अवकाश पाउने भएकाले अहिलेका प्रहरी महानिरीक्षक दीपक थापाले आगामी १९ भदौमा अवकाश पाएपछि चन्द्रकुवेर दुई महिनाका लागि आइजिपी बन्ने सम्भावना छ।

सुझावित समाचार