शिक्षक आन्दोलनमा प्याब्सन र एन–प्याब्सनको ऐक्यबद्धता

बुधबार, ३ बैशाख, २०८२
डिजिटल संस्करण
शिक्षक आन्दोलनमा प्याब्सन र एन–प्याब्सनको ऐक्यबद्धता

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

प्याब्सन र नेसनल प्याब्सनले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्याब्सन र एन-प्याब्सनले शिक्षकहरूको जायज मागहरूमा ऐक्यबद्धता जनाएका हुन्।

नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको अवस्थामा आन्दोलनले शिक्षण सिकाइ प्रक्रियामा अवरोध आउनेतर्फ सजग गराउँदै विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न माग गरिएकाे छ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा विधेयक संसदमा छलफलमा रहेको सन्दर्भमा, नेपाल सरकार र सम्बन्धित सरोकारवालाबिच आवश्यक छलफल तथा सहकार्य गरी विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौँ।’

विगतमा सरकार र शिक्षक महासंघबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नसमेत महासंघले सरकारलाई आग्रह गरेको छ।

सुझावित समाचार