नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन/तीन रुपैयाँ घटाएको हो।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ। यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ। रासस
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य तीन रुपैयाँ घट्यो
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
१ हप्ता अघि
सुझावित समाचार
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे आठ अर्बमाथि
काठमाडाैं । बिहीबार पनि सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ३१.५४ अंकले बढेर दुई हजार ६ सय ९५.६० विन्दुमा का…
सल्यानमा पहिलोपटक केसर खेती सुरु
सल्यान । सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती स…
एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टु एका…
स्थापनाको ३०औँ वर्षमा आर्य फार्मा ल्याब एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य
काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्मा ल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिए…
जलाशययुक्त आयोजनामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पानको आग्रह
काठमाडौं/ नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि सहकार्य गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई स्वतन्त्र ऊर्जा उत्पादक…
युएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन
जलवायु विपत् पूर्वतयारी गर्न नेपालले राख्यो तीन प्रस्ताव