लमजुङमा नुहाउने क्रममा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा नुहाउने क्रममा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

दोर्दी गाउँपालिका- ४ नौथरसेरा बस्ने ५ वर्षीया रश्मी तामाङ घरनजिकै रहेको दोर्दी खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा थप उपचारको क्रममा सोमबार मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुझावित समाचार