वर्षान्तमा नेप्से परिसूचक सामान्य अंकले गिरावट हुँदा ६ अर्ब रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ।
आज आइतबार नेप्से ८.६२ अंकले घटेर दुई हजार ६६२.०८ अंकमा झरेको छ। यद्यपि, ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.०९ प्रतिशतले वृद्धि भएको छ।
३२२ कम्पनीको एक करोड ३१ लाख ८९ हजार कित्ता सेयर ६ अर्ब २८ करोड दुई लाख ९६ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। अघिल्लो दिन साढे पाँच अर्बको सेयर खरिद–बिक्री भएको थियो।
नेप्सेका १३ समूहमध्ये लगानी सबैभन्दा धेरै १.६८ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बिमा एक प्रतिशतभन्दा थोरैले बढेका छन्। व्यापार समूह १.४० तथा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। क्रेस्ट माइक्रोलाइफ ९.९८ र त्रिशूली जलविद्युत् कम्पनी ६.३० प्रतिशतले वृद्धि हुँदा बलेफी हाइड्रोपावर ९.९८ र सिन्धु विकास बैंक ९.०८ प्रतिशतले ओरालो लागेका छन्।