सुन तोलाको एक लाख ८६ हजार पुग्यो

आइतबार, ३१ चैत, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

प्रतितोला एक हजार रुपैयाँले बढेर सुन आज ताेलाकाे एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि शुक्रबार भने एक लाख ८५ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

सुझावित समाचार