गायिका शृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्वजनिक

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

गायिका शृंखला जोशीको नयाँ गीत  छैन हो छैन सार्वजनिक भएको छ। चर्चित गायिका शशि रावलको शब्द–संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युटुबमार्फत गायिका जोशीले सार्वजनिक गरेकी हुन्। हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रवासबाटै गीत–संगीतको कर्ममा लागिरहेको जानकारी दिइन्।  यसअघि सिड्नी झाने रेल, तिम्रो आवाजलगायत  गीत निकालिसकेकी जोशी देउडा सम्राट् नन्दकृष्ण जोशीकी  छोरी हुन्।

 बाबाजस्तै आफ्ना गीतहरूलाई पनि दर्शकस्राेताहरूले माया गरिदिनु हुन्छ भन्ने आशा गायिका शृंखलाले गरेकी छिन्।

सुझावित समाचार