एनआरटीको निर्वाचनमा सुन्दर र किशोर भिड्दै

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

नेपालको पुरानो खेल क्लबमध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी)को नयाँ कार्यसमितिको निर्वाचन भोलि शनिबार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दरनरसिंह जोशी र किशोर भट्टराईबिच प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी उपाध्यक्ष पदमा नवीन सुवाल र गौतमबहादुर मालाकारबिच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिशकृष्ण श्रेष्ठ भिड्ने भएका छन्।

सचिवमा भने सुरेन्द्रकुमार श्रेष्ठ निर्विरोध भएका छन्। कोषाध्यक्षमा अनुजसिंह प्रधान र किरणशमशेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।

त्यसैगरी, ६ सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन्। जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्यामनारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्रमान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगममान गुभाजु रहेका छन्।

See More On

सुझावित समाचार