सुनको भाउ हालसम्मकै उच्च, तोलाको ३,९०० रुपैयाँले बढ्यो

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । आज एकैदिन तीन हजार नाै सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन हजार नाै सय रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य एक लाख ८५ हजार पुगेको हो ।

अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य एक लाख ८१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुझावित समाचार