नेपालले १६औँ विश्व योगासना च्याम्पियनसिपमा दुई स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप एक रजत र तीन कांस्य पदक पनि हात पारेको छ । मलेसियाको क्वालालम्पुरमा २३ देखि २४ चैतसम्म भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेरसमूहमा प्रयासजंग चौहानले स्वर्ण जितेका थिए ।
१२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले नेपाललाई स्वर्ण पदक दिलाए । ९ देखि ११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेर समूहमा किरण मगर र संस्कृति चौलागाईं तथा १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले कांस्य पदक हात पारे ।
प्रतियोगितामा २३ राष्ट्रका एक सय ५३ जना खेलाडी सहभागी थिए । नेपालबाट ३१ जना खेलाडी सहभागिता जनाएका थिए ।