बारुदी सुरुङ विस्फोटक उपकरणबाट प्रत्येक घण्टा एकजनाको मृत्यु

बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण

‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरुकता र सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।  सन् २००५ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

युद्ध एवं  सशस्त्र द्वन्द्वका वेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्। 

औसतमा प्रत्येक घण्टा यस्ता विस्फोटक उपकरणबाट एकजनाको मृत्यु वा घाइते हुने गरेको छ ।  बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित हुने गरेका छन् । 

सुझावित समाचार