तीन सय किलो गाँजासहित एकजना पक्राउ

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ कामफेकबाट तीन सय किलो गाँजासहित एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ। राति करिब ११ बजेतिर भेडेटार–रवि–राँके सडकखण्डमा को.१च ३४७८ नम्बरको रातो मारुती सुजुकी कारमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको हो।

गाँजा फेला परेपछि गाँजासहित कारमा सवार विराटनगर महानगरपालिका– १६ का २६ वर्षीय प्रिन्सकुमार शाहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए । 

इलाका प्रहरी चौकी भेडेटारको गस्ती टोलीले शंका लागेर कार चेकजाँच गर्दा कारभित्र तीन सय किलो गाँजा फेला पारिएको डिएसपी खनालले बताए । कालो प्लास्टिकमा ३० किलोका दरले १० वटा पोका पारेर राखेको अवस्थामा गाँजा भेटिएको थियो । कार चेकजाँच गर्ने क्रममा फरार रहेका कारचालकलाई भने अहिलेसम्म फेला पार्न सकिएको छैन । उनको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।  

See More On

सुझावित समाचार