संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संसद्को हिउँदे अधिवेशन गत माघ १८ बाट सुरु भएको थियो ।