खाँदबारीका १६ जना कृषकलाई हातेट्याक्टर वितरण

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

 संखुवासभाको खाँदबारी नगरपालिका– ११ का १६ जना कृषकलाई हातेट्याक्टर (मिनिटिलर) वितरण गरिएको छ । सोमबार एक कार्यक्रमबिच ११ नम्बर वडाभित्रका कृषकलाई हातेट्याक्टर वितरण गरिएको हो । चालू आर्थिक वर्षको वडास्तरीय योजनामार्फत कृषकलाई उक्त सामग्री वितरण गरिएको वडाध्यक्ष अनिल राईले बताए । उनले वडाभित्रका कृषकको माग प्रस्ताव आह्वान गरी वस्तुस्थितिका आधारमा वडाले कृषक छनोट गरेको बताए ।

वडाभित्रका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री हातेट्याक्टर वितरण गरिएको वडाध्यक्ष राईको भनाइ छ । ‘वडाले अनुदान दिएका कृषकको घर–घर र करेसाबारीमा नै पुगेर नियमित अनुगमन गर्छौँ । अनुदानको सदुपयोग होस् भन्ने हाम्रो चाहना हो,’ वडाध्यक्ष राईले भने । चालू आवमा वडाबाट विनियोजित चार लाख रुपैयाँ र कृषक लागत सहभागिता चार लाख गरी कुल आठ लाख रुपैयाँको बजेटबाट सामान खरिद गरी वितरण गरिएको वडाध्यक्ष राईको भनाइ छ । 

हातेट्याक्टर पाएपछि खाँदबारी– ११ का कृषक दुर्गाबहादुर गुरुङले खुसी व्यक्त गर्दै ट्याक्टरले काम गर्न छिटो–छरितो हुने र गोरु पाल्नुपर्ने झन्झटबाट समेत मुक्त गराएको बताए ।

सुझावित समाचार