निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ७६ हजार दुई सयमा कारोबार भएको सुन आज तोलामा रु. ६ सयले बढेर रु. एक लाख ७६ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. १५ घटेर रु. दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।