शनिबार बेलुका नागार्जुनमा भएको गाडी दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। धादिङबाट काठमाडाैंतर्फ आउँदै गरेको प्र.३ –०१–०२४ च ८३२२ नम्बरको खसीबोका बोकेको टाटा योद्धा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी चार सय मिटर तल खसेको हो।
दुर्घटनामा गोरखाको भीमसेन गाउँपालिका– ४ घर भएका ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। जमालुदिन मियाँ र रामजी भट्ट घाइते भएकोमा उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।