एनएसएल उद्घाटन खेलमा ललितपुर र काठमाडौंको बराबरी

शनिबार, १५ चैत, २०८१
डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग २–२ को बराबरी खेलेको छ । 

शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितपुरले पहिलो हाफमै गरेको दुई गोलको अग्रता जोगाउन सकेन् । काठमाडौले दोस्रो हाफको अन्तिम २० मिनेटमा दुई गोल गर्यो । उद्घाटन खेलका तीनै गोल विदेशी खेलाडीको नाममा रह्यो । 

ललितपुरको लागि आदित्य शाक्यले एक गोल गरे । काठमाडौंका कमल श्रेष्ठले आत्माघाती गोल गरेका हुन् । यता, काठमाडौको लागि विदेशी खेलाडी अमाडोउ डिओप र भिन्सेन्ट कोजिएलोले समान एक गोल गरेका थिए । 

यसअघि भएका चार भेटमा काठमाडौले तीन खेल जित्दा ललितपुरले एक मात्र खेल आफ्नो पक्षमा पारेको थियो । पहिलो पटक दुई टोलीबीचको खेल बराबरीमा सम्पन्न भएको हो ।

सुझावित समाचार