राप्रपा अध्यक्ष लिङ्देनद्वारा संयम अपनाउन आग्रह, घटनाको छानबिन गर्न सरकारसँग माग

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार आन्दोलनका नाममा भएका घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सरकार र प्रदर्शनकारीहरूलाई संयम अपनाउन पनि अपिल गरेका छन्।

नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले शुक्रबार भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा हिंसाको पक्षमा छैन। आन्दोलनका क्रममा भएका घटनामा राप्रपा दुःख व्यक्त गर्दछ। सरकार र प्रदर्शनकारी दुवैलाई संयम अपनाउन म अपिल गर्दछु र संवादमार्फत राजनीतिक मुद्दाको निकासका लागि अघि बढ्न सरकारसँग माग गर्दछु।’

सुझावित समाचार