गृह मन्त्रालयमा आकस्मिक बैठक

शुक्रबार, १५ चैत, २०८१
डिजिटल संस्करण

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिवसहित सुरक्षा निकायका टोलीसमेतको बैठक गृहमा बसेको हो ।

अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ । राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको हाे ।

सुझावित समाचार