एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

एभरेष्ट बैंकले नयाँ वर्ष ०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रम गरी कर्पोरेट क्यालेन्डर अनावरण गरेको हो । 

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले अनावरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलगायत उच्चपदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समयदेखि नै नेपालको धर्म, संस्कृति, पर्यटनलगायत अन्य पुरातात्विक महत्वका विषयवस्तुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ । 
 

सुझावित समाचार